६ भाद्र २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र भाजपाका विदेश प्रमुख चौथाइवालेबीच भेटवार्ता भएको हो ।

नेपाली कांग्रेसको निमन्त्रणमा चौथाइवाले चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन् । प्रधानमन्त्री देउवासँगको भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पनि सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवा प्रधानमन्त्री भएपछि भारतबाट प्रधानमन्त्रीसँग भेटघाट गर्न आउने पहिलो उच्चस्तरीय नेता चौथाइवाले बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV