६ भाद्र २०७८, आईतवार

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानमा अनुगमन गरेको छ ।

टोलीले आइतबार काठमाडौंको बसन्तपुर, बिशाल बजार र काठमाडौं मलका साथै सुन्धरा क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मास्क नलगाउने ६८ जनालाई कारवाही गरेको र केहीलाई सम्झाईबुझाई छाडेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

उनले विशाल बजार र काठमाडौं मलमा अधिकांश व्यापारी तथा सर्वसाधारणले समेत सुरक्षा मापदण्ड पालना नगरेको पाइएको बताए ।

पौडेलले कोरोना महामारी नियन्त्रणका लागि सर्वसाधारण पनि सचेत हुनुपर्ने र स्वास्थ्यमापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV