६ भाद्र २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । पछिल्लो समय कोरोना संक्रमणको प्रभाव अदालतको फैसलामा समेत परेको छ । मोरङ जिल्ला अदालतले कोरोनाका कारण गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ८ सय ८५ वटा मुद्दाहरु मात्र फछ्र्याैट गरेको छ ।

गत आर्थिक वर्षमा पुरानो र नयाँ गरी ६ हजार ४ सय २५ वटा मुद्दा दर्ता भएको थियो । कोरोना महामारीले गर्दा अदालत नियमित सञ्चालन हुन नसकेकाले आधा भन्दा कम मुद्दाहरु फछ्र्याैट गर्न सकिएको मोरङ जिल्ला अदालतले जनाएको छ ।

गत वर्ष दुई वर्ष नाघेका मुद्दाहरु शून्यमा झार्ने कार्ययोजना बनाइएको भएपनि कोरोना महामारी र प्राविधिक कारणले २३९ वटा दुई वर्ष नाघेका मुद्दाहरु अझै बाँकी रहेको र फछ्र्यौट हुने क्रममा रहेको मोरङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

१० जना न्यायाधीशहरु रहेका मोरङ जिल्ला अदालतमा फरक मुद्दा व्यवस्थापन प्रणाली लागू भएपछि मुद्दाहरु नियमित ढंगबाट फछ्यौट हुन थालेका छन् ।

मोरङ जिल्ला अदालतमा गत वर्ष सबैभन्दा बढी सम्बन्ध विच्छेद, अंशवण्डा, लेनदेन, लिखत बदर, लागूऔषध, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दाहरु दर्ता भएका थिए । कोरोना महामारीका कारण चालू आर्थिक वर्षमा पनि मुद्दा पछ्यौटमा असर पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV