६ भाद्र २०७८, आईतवार

काठमाडौं । भीडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ । पछिल्लो समय चाँडपर्वका समयमा अत्यधिक भीडभाड देखिएपछि मन्त्रालयले भीडभाड नगरी चाँडपर्व मनाउन आग्रह गरेको छ ।

संस्कृतिलाई जोगाउन मनाइने पर्वलाई औपचारिकता मात्र दिन र भीडभाड नगर्न मन्त्रालयको आग्रह छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भीडभाड नगरी चाँडपर्व मनाउन र पर्वलाई औपचारिकता दिनेगरी मात्र पर्व मनाउन भनि मन्त्रालयले निर्देशन दिएको छ ।

चाँडपर्वसँगै दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीहरु खरिद तथा बिक्री गर्दा पनि भीडभाड नगर्न मन्त्रालयले जनाएको छ । कोरोना महामारी संक्रमणलाई मध्यनजर गर्दै उपत्यकामा यही भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV