६ भाद्र २०७८, आईतवार

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानले आफ्नो अपकमिङ फिल्म ‘टाइगर–३’को सुटिङ सुरु गरेका छन् । सलमानको यो फिल्म टाइगर फ्रेञ्चाइजीको तेस्रो फिल्म हुनेछ । अहिले ‘टाइगर–३’को सुटिङका लागि सलमान खान रुस पुगेका छन् ।

रुस पुगेका सलमान खानको ‘टाइगर–३’को सेटबाट विभिन्न तस्वीरहरु लिक भइरहेका छन्, जुन सोसल मिडियामा भाइरल बनिरहेको छ । तस्वीरमा सलमान खानले आफूलाई पूरै परिवर्तन गरेका छन् ।

सलमान खानले ‘टाइगर–३’को लागि आफ्नो हुलिया पूरै परिवर्तन गरेका छन् । उक्त सार्वजनिक तस्वीरमा झलक्क हेर्दा सलमान खानलाई चिन्न जो–कोहीलाई मुस्किल नै हुन्छ । उनको मेकओभरमा निकै मिहेनत गरिएको सार्वजनिक तस्वरले प्रमाणित गरिसकेको छ ।

सलमानले फिल्मको लागि फिजिकल्ली पनि निकै मिहेनत गरेका छन् । उनले आफ्नो बडी साइज बढाउनका लागि निकै कसरत गरेका बताइएको छ । लिक भएको तस्वीरमा सलमान खानको शान्दार बडी देखिएको छ । त्यसोत, सलमान खानलाई शान्दार बडीका लागि चिनिन्छ ।

‘टाइगर–३’को सेटबाट लिक भएको तस्वीरमा सलमान खानको ट्रान्सफरमेशन निकै रोचक र नौलो छ । जहाँ लामो कपाल र बडी बियर्डले सलमानलाई नयाँ लुक दिएको छ । साथै उनले आफ्नो ड्रेसिङ सेन्स पनि पूरै परिवर्तन गरेका छन् ।

उक्त तस्वीरहरुलाई सलमान खानको एक फ्यान क्लबले सार्वजनिक गरेको हो, जहाँ सलमान खान रुसको गल्लीहरुमा सुटिङ गर्दै गरेका दृश्यहरु छन् । दुईदिन अगाडि मात्रै सलमान खान र अभिनेत्री क्याट्रिना कैफ आफ्नो अपकमिङ फिल्म ‘टाइगर–३’को सुटिङका लागि रुस गएका हुन् ।

‘टाइगर–३’ टाइगर फ्रेञ्चाइजीको तेस्रो फिल्म हुनेछ । यस अगाडि सन् २०१२ मा यसको पहिलो फिल्म ‘एक था टाइगर’ र ‘सन् २०१७ मा ‘टाइगर जिन्दा है’ दर्शकमाझ रिलिजमा आएको थियो । उक्त दुवै फिल्ममा सलमान र क्याट्रिना मुख्य भूमिकामा थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV