६ भाद्र २०७८, आईतवार

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगर्न नेकपा एमालेलाई सचिवालयले पत्र पठाएको छ । एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनि एमालेलाई पत्र दिइएको छ ।

शाही र वलीलाई एमालेले पार्टीबाट पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो । तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त पदमुक्त गर्न नमिल्ने सचिवालयले जनाएको छ ।

साथै, प्रदेशसभा नियमावली १८७ को अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण सचिवालयमा बुझाएका छन् ।

२०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा शाही स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए भने वली तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपा एमालेबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् ।

हाल दुवै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV