६ भाद्र २०७८, आईतवार

बर्दिया । बर्दिया जिल्लाकाे मधुवन नगरपालिका वडा नं २ मा विद्युत सर्ट हुँदा एक घर जलेर नष्ट भएकाे छ ।

मधुवन नगरपालिकाकाे वडा नं २ स्थित रजवारा गाउँमा विद्युत  सर्ट भई आगलागी हुँदा दीर्घबहादुर दमाईकाे घर जलेर नष्ट भएकाे हाे ।  घरमा भएका चाैपाया समेत जलेर नष्ट भएका छन् ।

आगलागी भएकाे खबर पाउनेबित्तिकै मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले घटनास्थलकाे अनुगमन गर्दै पीडित परिवारका लागि तत्काल १२ हजार नगद सहयाेग गरेका छन् । उनले नगरपालिकाकाे तर्फबाट समेत सहयाेग गर्ने नगर प्रमुख क्षेत्रीले प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV