६ भाद्र २०७८, आईतवार

काठमाडौं । हालै सार्वजनिक गरिएको रोमान्टिक शैलीको ‘चोखो माया’ गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल सिंहको अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ ।

चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित ुचोखो मायाु बोलको गीत गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी सार्वजनिक गरिएको हो ।

स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ९एमएमपी०ले रेकर्डिङ गरेका हुन् ।

भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्‍यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ ।

ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिजाईनिङ रहेको छ ।

भिडियोलाई गायक बिन्ती कुमार गुरुङको अफिसियल युट्युब च्यानल ज्यास्मिन कृयशन मार्फत सर्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV