६ भाद्र २०७८, आईतवार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टरलाई सानदार जित दिलाउनको लागि ज्याक ग्रेलिस, एयमेरिक लापार्टे, रहिम स्टर्लिङ र रियाह माहरेजले एक(एक गोल गरे । एक गोल भने सिटीले उपहार स्वरुप पायो ।

म्यानचेस्टरको यो पहिलो जित हो । पहिलो खेलमा म्यानचेस्टर टोटेनहम हटस्परसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

खेलको सातौं मिनेटमा टिम क्रुलको आत्मघाती गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । ग्रान्ट हान्लीले क्रस बचाउने सुरमा बल क्रुललाई लाग्दै आफ्नै पोस्टमा गोल हुने पुगेको थियो ।

२२औं मिनेटमा ग्रेलिसले गोल गर्दै म्यानचेस्टरको अग्रता दोब्बर बनाए । उनले गाब्रियल जेससको क्रसमा गोल गरेका थिए ।

६४औं मिनेटमा लापोर्टले गर्दै म्यानचेस्टरलाई ३-० को अग्रता दिलाए । ७१औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ४-० ले अघि बढाए । ८४औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई ५-० को फराकिलो जित दिलाए ।

यो जितसँगै सिटीले दुई खेलबाट ३ अंक जोडेको छ । नर्विचले दुई खेलबाट अंक जोड्न सकेको छैन ।

शनिबार राति नै भएका अन्य खेलमा एस्टन भिल्लाले न्यूकासल युनाइटेडलाई २(० ले पराजित गर्‍यो भने क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV