६ भाद्र २०७८, आईतवार

एजेन्सी । स्पेनिस ला लिगामा बर्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो ।

बार्सिलोनाले एक गोलले पछि परेको स्थितिमा खेललाई बराबरीमा रोक्न सफल भएको हो । घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काए ।

५० औं मिनेटमा मार्टिनेजले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनिएनको पासमा गोल गरेका थिए ।

खेलको ७५औं मिनेटमा यसै समरमा बार्सिलोना आएका डिपाएले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सर्जी रोबर्टोको पासमा गोल गरेका थिए । ला लिगामा यो उनलको पहिलो गोल हो ।

बराबरीपछि बार्सिलोनाको २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बिल्वाओले २ खेलबाटै २ अंक जोडेको छ । बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV