५ भाद्र २०७८, शनिबार
  • महेश पाण्डे,

चितवन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण प्रसाद खनालले देशमा गणतन्त्र आएको तर विवेक तन्त्र भने अझै नआएको बताएका छन् । रत्ननगरमा शनिबार रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।

मन्त्री खनालले देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनिसकेको भएपनि नेपालका केही नेता तथा सांसदमा भेगीए राजनीतिले जरो गाडेका कारण अझै पनि सबैमा विवेक तन्त्र भने आउन नसकेको बताए ।

उनले पूर्वी चितवनका केही स्थानका लागि आफूले राम्रा आयोजनाहरुको थालनी गर्न खोजेको भएतापनि त्यसमा भेगीए राजनीतिको सोच भएका केहीका कारण सो कुरा सम्भव हन नसकेको बताए ।

मन्त्री खनालले आफू पूर्वी चितवन तिरबाटनै चुनिएको जन प्रतिनिधि भएको भएतापनि मन्त्री पदमा रहँदा १३ जिल्लामा नै समान रुपले बिकासको क्रमलाई अगाडि बढाउने बताए । उनले अब बन्ने आयोजना भनेको भविष्यलाई हेरेर हुनुपर्ने बताउदै क्षणिक र ब्यक्तिगत लाभको लागि बन्ने आयोजनाको पछि लाग्न नहुने धारण ब्यक्त गरे ।

हाल आफूले पाएको पद अस्थायी भएको र समय पनि छोटो भएको बताउदै मन्त्री खनालले मन्त्रालयमा रहँदा डबल समय दिएर काम गर्ने धारण ब्यक्त गरे । उनले देशकै तेस्रो पर्यटकीय नगरी सौराहामा कोरोना महामारी र पर्यटन अभावमा पर्यटन ब्यवसायीहरु पीडामा परेको बताउदै उनीहरुको पीडामा मल्हम लगाउने गरी कार्य गर्ने बताए ।

मन्त्री खनालले आफ्नो योजना बकुलहर रत्ननगर अस्पताललाई प्रदेशककै पहिलो नमूना प्रादेशिक अस्पताल बनाने रहेको सुनाए । त्यस्तै उनले बकुलहर आयुर्वेद स्वास्थ्य केन्द्रलाई जग्गा खोजेर भएपनि ५० सैयाको प्रादेशिक अस्पताल बनाउनेदेखि लिएर सौराहा चोकदेखि सौराहाको ड्याम साइटसम्मको बाटोलाई आकर्षक रुपमा विस्तार गर्नेसम्मका योजना रहेको बताए ।

स्वागत कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले पूर्वी क्षेत्रबाट सामाजिक विकास मन्त्रीको रुपमा मन्त्री खनाललाई पाएकोमा खुसी ब्यक्त गर्दै समग्र रत्ननगरको विकासमा मन्त्री खनालको भूमिका उल्लेखनीय हुनेमा आफू विश्वस्त रहेको बताए ।

सो स्वागत कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु क्रमशः राजाराम रेग्मी, ज्ञान बहादुर बिसुराल, राजेन्द्र कुमार श्रेष्ठ, गोपाल कर्मचार्य, हरी शरण पाठक, संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV