५ भाद्र २०७८, शनिबार

बुटवल । नेकपा (एमाले)ले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित एक साक्षात्कारमा शाहीले एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडि बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको पनि बताए ।

शाहीले निर्वाचनमा हृदय त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सूर्य चिन्हको प्रयोग गरि स्वतन्त्र रुपमै चुनाव जितेको दाबी गरे ।

साक्षात्कारमा नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशसभा विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताए ।

सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउदा पनि सभामुखले राजनीतिक पुर्वाग्रह राख्दै कार्वाही नहुनु विधि सम्वत नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV