५ भाद्र २०७८, शनिबार

मुस्ताङ । नेपाल सरकारको गाजा फडान अभियान(२०७८/०७९ ) अन्तर्गत मुस्ताङले पनि यसलाई साथ दिएको छ । देशभर एकैसाथ सुरु भएको गाजा फडान अभियान अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका -२ खन्ती, कोबाङ र लार्जुङ गाउँबाट सुरु भएको यो अभियान एक जनचेतना मुलक कार्यक्रम हो ।

यसै शिलशिलमा मुस्ताङको थासाङ गाउँपालिका- १ टुकुचेमा पनि आज यस अभियानले सार्थकता पाएको छ । स्थानीय निलगिरी युवा क्लब, थासाङ वडा नं- १, कोबाङ प्रहरी चौकिको र स्थानीयबासिन्दाको संयुक्त पहलमा यो अभियान सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय जोमसोमको निर्देशन र स्थानीय निलगिरी युवा क्लबको सकारात्मक सक्रियतामा गाजा फडान अभियानले सार्थकता पाएको निलगिरी युवा कल्ब टुकुचेका अध्यक्ष एवम् युवा समाजसेवी गोपाल पुनले बताए । पछिल्लो समय देशमा लागूऔषध सेवनकर्ता र यसको बिक्रीवितरण कार्यले नकारात्मक असर पारिरहेको अवस्थामा यस किसिमको कार्य एकदम फलदायी र महत्त्वपूर्ण रहेको समेत अध्यक्ष पुनको जिकिर छ ।

युवाहरुमा लागूऔषध सेवन नगर्न सचेतना फैलाउनु र यसको न्यूनीकरण गर्नुनै गाजा फडान अभियानको महत्त्व रहेको पुनले बताए, उनले भने अब जिल्लाको प्रत्येक गाउँहरुमा यो अभियानले निरन्तरता पाउनेछ । जिल्लाले हामीलाई सहयोगको अपेक्षा गरेमा हामी हरपल साथ दिन समेत पछि नहट्ने पुनले बताए । पुनका अनुसार यो अभियान यतिमा मात्रै सिमीत नभइ गाउँको सुन्दरता र युवाहरूको भबिस्यमा सकारात्मक प्रभाव पार्ने गरि चाहेको खण्डमा अर्को गाउँमा समेत निलगिरी युवा कल्ब जान सक्ने र सकारात्मक भुमिका निर्वाह गर्ने समेत पुनले बताए ।

कोबाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेत्र जिटिको नेतृत्वमा आएको टोलि सहित निलगिरी युवा कल्बका ५० भन्दा बढीको उपस्थितिमा वडा नम्बर -१ टुकुचेमा गाजा फडान अभियान २०७८ सम्पन्न भएको अध्यक्ष पुनले बताए ।

यता थासाङ गाउँ पालिका-१ टुकुचेका वार्ड अध्यक्ष रत्नप्रसाद ज्वारचनका अनुसार जिल्लाभर यस अभियानलाई सोचेको भन्दा राम्रो ढङ्गले अगाडी बढाउनुपर्ने बताए । थासाङ गाउँ पालिकामा मात्रै सिमीत नराखी जिल्लाभरिनै यो अभियानले सार्थकता पाएमा राम्रो हुने ज्वारचनले बताए, उनले भने यो पुर्ण रूपमा लागू औषधीनै भएकोले यसको नियन्त्रण गर्न सबै तह र तप्का लाग्नुपर्नेछ । ज्वारचनका अनुसार यसबाट हुने असरबारे जनचेतना फैलाउनु र यो अभियानलाई साथ दिनु अहिले टड्कारो आवस्यकता रहेको छ । किनकि यो नियन्त्रण भएमा घर, समाज र रास्ट्रमा शान्ति सुरक्षा र अमनचयन सिर्जना हुने कुरा ज्वारचनले बताए ।

घासामा कडा चेकजाँच र जिल्लामा पुरै नस्ट गर्ने

नेपाल सरकारको गाजा फडान अभियान(२०७८/०७९ )अन्तर्गत मुस्ताङमा पनि गत श्रावण २० गतेदेखि यो अभियान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय जोमसोमको हालसम्मको तथ्यांक अनुसार गाजाको १ लाख २० हजार साना बिरुवा नस्ट गरिसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जोमसोमका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार लागू औषध दुरुपयोग नहोस् भन्नको लागि घासामा कडा चेकजाँच हुनेछ ।

साथै जिल्लामा भने अभियानकै रूपमा गाजाका बिरुवा र रुखहरु पुर्ण रूपमा नस्ट हुनेछ । मुस्ताङ करिब दुई हप्ताको अन्तरालमा एक लाख २० हजार गाजाको रुख नस्ट गरिसकेको छ ।

अधिकारीका अनुसार हालसम्म मुस्ताङमा मात्रै २ सय रोपनी बराबरको क्षेत्रमा गाजा नस्ट गरिसकेको छ । जङ्गल, खेतबारी र सडक आसपासका क्षेत्रभित्रमा मात्रै १ लाख २० हजार बढी गाजाको साना बिरुवा नस्ट गरिसकेको अधिकारिले बताए । अधिकारीका अनुसार युवाहरूले नै बढी भन्दा बढी यसको सेवन गर्ने गरेको बताए, उनले भने, हिमाली जिल्ला मुस्ताङमा पनि गाजा सेवन गर्नेको जमात धेरै नै बढेको छ । यसको नियन्त्रण गर्न जरुरी भएको अधिकारीको जिकिर छ ।

हाल देशमा गाजा सम्बन्धि मत मतान्तर छनी भन्ने प्रश्नमा अधिकारी भन्नुहुन्छ,’देशमा जबसम्म कानुन जनताले चाहेजस्तो व्यवस्थित बन्दैन तबसम्म यो अबैध नै हुनेछ ‘अधिकारीले बताए । त्यसकारण यो अभियान पुर्ण रूपमा नियन्त्रण सँगसँगै देशभर जति उत्पादन हुन्छ नस्ट नै गरिने प्रहरी निरीक्षक आशिष अधिकारीले बताए । गाजा फडानी अभियान( २०७८/ ०७९) देशव्यापी रूपमा अघि बढ्ने समेत अधिकारीको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV