५ भाद्र २०७८, शनिबार

रौतहट । बाग्मती नदीमा आएको बाढीले तीब्र रुपमा खेतीयोग्य जग्गालाई कटान गर्न थालेपछि रोकथामका प्रयास सुरु भएको छ ।

केही दिनदेखिको वर्षासँगै रौतहटको गढीमाई नगरपालिका–३ स्थित लक्ष्मीपुर गाउँ नजिकै बाग्मती नदीमा आएको बाढीसँगै तीब्र रुपमा खेतीयोग्य जग्गा कटान गर्न थालेपछि वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराले रोकथाम कार्य सुरु गरेको हो ।

बाग्मती नदीले स्थानीय किसानहरुको करिब २५ बिगाहा खेतीयोग्य जग्गा कटान गरिसकेको तथा नदीको बहाव तटबन्ध नजिकै पुगेपछि नदी नियन्त्रण आयोजनाले कटान नियन्त्रण गर्न परक्यू पाइन अर्थात् बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरेको छ ।

एक साताको वर्षासँगै बाग्मती नदीमा आएको बाढीले तीब्र रुपमा कटान सुरु गर्दा स्थानीय किसानहरुले लगाएको केरा खेती, धानबाली, लगायतका २५ बिग्हा खेती योग्य जग्गा कटान गरिसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

तीब्र गतिमा कटान भइरहँदा समेत बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरिएपनि यस्तो कार्य दीगो नभएको स्थानीयहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV