५ भाद्र २०७८, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय टिमको टोली आइसीसी सीडब्लुसी लिग-२ लिग खेल्न आगामी मंगलबार ओमान प्रस्थान गर्ने भएको छ ।

नेपाल क्रिकेट संघले एक बिज्ञप्ति जारी गर्दै मंगलबार बिहान ८ बजे नेपाली क्रिकेट टोली सलाम एयर मार्फत ओमान जाने जनाएको छ ।

ओमानमा हुने लिग २ अन्तर्गतको ट्राई सिरिजमा नेपाल, ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमका खेलाडि र खेलकुद पदाधिकारीसहित २२ जनाको टिम ओमान प्रस्थान गर्ने बिज्ञप्तिमा जनाइएको छ ।

नेपाली टिम यसअघि नै घोषणा गरिएको छ । आइसीसी सीडब्लुसी लिग २ लिगका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐंरी, कुशाल भूर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, गोपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव टीममा रहनेछन् ।

त्यस्तै पदाधिकारीहरुमा प्रमुख प्रशिक्षक डेभ बाटमोर, व्यवस्थाप मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिष्ट रमन सिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइल गोहिल सम्मेलित टोली ओमान जाने बताइएको छ ।

बिज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV