५ भाद्र २०७८, शनिबार

काठमाडौं । लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । उनको मृत्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख: व्यक्त गरेका छन् ।

कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पछिल्लो समय पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

५५ वर्षीय कलाकार थापामेरी बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए भने उनले केही फिल्महरुमा अभिनय गरेर दर्शक माझ लोकप्रिय बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV