४ भाद्र २०७८, शुक्रबार
  • उत्तर बिष्ट,

डडेल्धुरा । कृषि अध्ययन गर्ने विद्यार्थीहरुले खेती गर्दै पढाइ खर्च जुटाउन थालेका छन् । डडेल्धुराको सरस्वती माध्यामिक विद्यालयमा कृषि शिक्षा अध्ययनरत् विद्यार्थीहरुले खेतीलाई प्राथमिकतामा राखेर रकम जुटाउन थालेका छन् ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा पर्ने सरस्वती माध्यामिक विद्यालय भात्काँडाले कृषि खेतीबाट आम्दानी गर्ने गरेको छ । कृषि अर्थात वाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक विधिबाट अध्यापन गराउन सजिलो बनाउनका लागि उत्पादनको अभ्यास गराउन थालिएको छ ।

कृषि उत्पादनबाट प्राप्त आम्दानीको ५० प्रतिशत बिद्यालय र ५० प्रतिशत विद्यार्थीहरुसँग रहन्छ । ५ वटा प्लाष्टिक टनेल निर्माण गरी विद्यालयमा टमाटर, भान्टा, मुला तथा विभिन्न जातका विरुवा नर्सरी समेत निर्माण गरिएको छ ।

विद्यार्थीलाई तरकारी खेती आधुनिक तरिकाबाट कसरी खेती गर्ने, नयाँ प्रणालीको विकास, रोगकिराको व्यवस्थापन तथा बजारसम्म कसरी उत्पादन भएका तरकारी पु¥याउनेसम्मको अभ्यास गराइन्छ ।

सरस्वती माविमा प्राविधीक कक्षा सञ्चालन भएको करिब ४ बर्ष भएको छ । यहाँ १ सय भन्दाबढी विद्यार्थी अध्ययनरत् छन् । ३ वर्षे कृषि र १८ महिने कृषि विज्ञान अध्ययन हुँदै आएको छ । यही विद्यालयबाट प्राप्त आम्दानीले निजीस्रोतका शिक्षक कार्यरत् रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV