४ भाद्र २०७८, शुक्रबार
  • तारा आचार्य,

विराटनगर । विराटनगर महानगरपालिका भित्र सञ्चालित अस्पतालहरुमा उपचार गराउन आएका विरामीहरुलाई झुक्याएर अन्य अस्पताल लैजाने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा आएका विरामी र विरामीका आफन्तहरुलाई विराटनगरका अस्पताल तथा क्लिनिकहरुमा लैजाने, औषधि पसलमा जबरजस्ती औषधि किन्न बाध्य बनाउने उजुरी परेको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर ८ अमरटोल बस्ने प्रधुम्न राय र आनन्द कुमार साह रहेका छन् । उनीहरुले सर्बसाधारणलाई दुःख दिने आफ्नो सम्पर्कमा भएका अस्पतालमा जान प्रेरित गर्नेलगायतको विचौलिया काम गरेको भन्दै प्रहरीले पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV