४ भाद्र २०७८, शुक्रबार

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत ट्रेड युनियन महासंघको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ज्ञापन बुझाएको छ ।

शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई भेटी ज्ञापन–पत्र बुझाएको हो । सामाजिक सुरक्षामा सूचिकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ देशव्यापी रुपमा अभियान सञ्चालन गरिरहेका जेटीयूसीसीले सबै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

ज्ञापनपत्र बुझाउदै जेटीयूसीसीले देशका आर्थिक मरुदण्डका रुपमा रहेका श्रमिक, मजदुर र कर्मचारी रहेको भन्दै उनीहरुलाई चाडो भन्दा चाडो कोरोना खोपको व्यवस्था गर्न सरकार सँग माग गरेको छ ।

ज्ञापन–पत्र बुझ्दै मुख्यमन्त्री कुल प्रसाद केसीले श्रमिकका जायज मागहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश सरकार श्रमिककै पक्षमा रहेको बताउदै श्रमिकका पक्षमा बनेको सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई जानकारी दिनुका साथै ऐनलाई स्थापित गराउने पक्षमा आफुले सक्दो पहल गर्ने बताए ।

नेपाली श्रम बजारलाई मर्यादित, सुरक्षित र सुदुढ बनाउन सरकार जेटीयुसीसीले देशभर आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV