४ भाद्र २०७८, शुक्रबार

काठमाडौं । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरमा गजुर राखिएको छ । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले गत २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरकोमा पूजाआजा गरेपछि गजुर राखिएको हो ।

पाँचतले उक्त मन्दिरको जिर्णोद्धार सम्पन्न भएपछि गजुर राखिएको हो । २०७२ सालको भूकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो ।

यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा बिसं २०७४ साल बैशाख ३० गते देउवाले नै मन्दीरको क्षमा पूजा गर्नुभएको थियो । क्षमापूजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दीरको पुननिर्माण पूरा भएको कुम्भेश्वर महादेवका पूजारी माधव श्याम शर्माले जानकारी दिनुभयो ।

जिर्णोद्धार सम्पन्न भएपछि शुक्रबार शुभ साइतमा गजुर राखिएको उहाले बताउनुभयो । करिब २ करोड ८२ लाख रुपैयाँ लागतमा जिर्णोद्धार सम्पन्न भएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV