४ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नवगठित नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्न नमिल्ने भएको छ । सर्वोच्च अदालतले फैसलाकै बेला एउटा पार्टीको नाममा अर्को विषेशण शब्द जोडेर पार्टी नामाकरण गर्न नमिल्ने भनिएकोले प्रस्तावित नाममा दर्ता गर्न नमिल्ने भएको हो ।

सरकारले अध्यादेश मार्फत २० प्रतिशत संसदीय दल र केन्द्रीय सदस्य पुर्याए पार्टी विभाजन गर्न सकिने प्रवाधान ल्याएपछि एमाले र समाजवादी पार्टी विभाजित भएका छन् ।

विभाजनका क्रममा माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी र महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामक पार्टी दर्ताका निर्वाचन आयोगमा निवेदन गरेका थिए । तर त्यहाँ अर्को पार्टीको नाम रहेकाले प्रस्तावित नामकै पार्टी दर्ता हुनबाट रोकिएको छ । माधव नेपाल पक्षे दर्ता गर्ने पार्टीमा एमाले र महन्थ ठाकुर पक्षले दर्ता गर्ने पार्टीमा जसपा भन्ने शब्द नभएको अवस्थामा मात्रै नयाँ पार्टी दर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV