३ भाद्र २०७८, बिहीबार
  • डिलबहादुर सिंह,

डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु प्रबेश गर्ने द्वारकारुपमा चिनिन्छ । त्यही बुडर क्षेत्रमा रहेको छहरा झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

छहरा झरना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । कैलाली कञ्चनपूको अत्याधिक गर्मिबाट छुटकारा पाउन चाहनेहरु छहरा झरनामा घुम्न आउने गरेका छन् ।

भिमदत्त राजमार्गबाट कैलाली कंचनपुर लगायतका स्थानबाट दैनिक दुइहजार देखि पाँचहजार सम्म पर्यटक आउने गरेका छन् । कैलालीको सदरमुकामा धनगढीबाट करीब ८६ किलोमिटरको दूरीमा रहेको डोटीको बुडर पुगे पछि त्यहाँबाट झण्डै ८ किलोमिटरको शाखा सडकको यात्रापछि छहरा झरना पुगिन्छ ।

काम बिशेषले सुदूरपश्चिमका पहाडी जिल्लामा आउने देशका बिभिन्न भेगका ब्यक्तिहरु समेत छहरा झरनामा भेटिन्छन । धेरैजसो टिकटक बनाउने देखि झरनामा नुहाउने सम्मकोे भिडले घुइचो नै हुने गर्दछ ।

झरनालाई धार्मिक क्षेत्रका रुपमा समेत बर्णन गरिएको छ । झरनालाइ कमला झरनाका नामले समेत चिनिन्छ । पौराणिक लोकोक्ती अनुसार सत्य युगमा भगवान विष्णुले दायाँपाउ खोसरेको माथि र बायाँपाउ फल्टूडेस्थित लोडामा राखेर टाङमुनि बगेर आएकोे कमलानदीको झरनामा टाउको धोएर हिँडेका किम्वदन्ती छ ।

अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न छहरा झरना पुगेको पर्यटकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV