३ भाद्र २०७८, बिहीबार

काठमाडौं । बाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवच्नद्र शर्मा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

सरकारले हाल प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपाल निकट यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको जनाइएको छ । शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्तिपछि सरकारले चार जना प्रदेश प्रमुख परिवर्तत गरिसकेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV