३ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “अब्र्रिन एण्ड ब्रदर्स अटो”को उद्घाटन गरेको छ ।

नेपालमा सबै भन्दा अधिक विक्री हुने र विश्वाशिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले धरानमा पनि शोरुम सञ्चालनमा ल्याएको हो ।

सोही उद्देश्यलाई सार्थक बनाउन अब्र्रिन एण्ड ब्रदर्स अटोका प्रोपराइटर अब्र्रिन तामांगलाई डिलरसीप प्रदान गरिएको बताइएको छ । ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधै प्रतिबद्ध रहेको बजाजले जनाएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताइएको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यू गोल्छाले भने, हामी धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनुभएको छ । उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।

धरानमा यो नयाँ शोरुम विस्तारसँगै हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV