३ भाद्र २०७८, बिहीबार

काठमाडौं । विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आईएसओ सटिैफाइड सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउदै आएको छ ।

यसैगरी यसबर्ष पनि आफ्नो ग्राहकहरुको लागि सावित्री कंचनजंगाले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ । यस नयाँ अफर अन्तर्गत रु ३५ पर्ने सावित्री कंचनजंगा अगरबत्तीको हरेक बट्टाको खरिदमा ग्राहकहरूले रु.५० सम्मको आकर्षक उपहार पाउने भएका छन्।

घर होस् या मन्दिर, उषा होस् या सन्ध्या, सदैव हरेक मठ–मन्दिर पूजास्थानसहित गृहिणीको पहिलो रोजाइ बन्न सफल सावित्री कंचनजंगा अगरबत्ती उच्च कोटिको कच्चापदार्थबाट बन्नुका साथै उत्कृष्ट र आकर्षक प्याकिङमा सर्वत्र उपलब्ध छ ।

सवित्री कंचनजंगा अगरबत्ती एउटै बट्टाभित्र सातवटा फ्लेवरका परफ्यूमद्वारा सुगन्धित रहेको छ । अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्ती लगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV