३ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । समाजवादी केन्द्र, नेपालले विहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले विहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

प्रचण्डले जति छिटो पार्टीको सनाखत हुन्छ त्यति नै चाँडो मन्त्रिपरिषद् गठन हुने उल्लेख गरे । त्यस्तै उहाले एमाले अध्यक्ष केपी ओलीले ल्याएको अध्यादेश संविधान र लोकतन्त्र सिध्याउने उद्देश्यको र अहिलेको अध्यादेशको लोकतन्त्र, गणतन्त्र संविधानको रक्षाको लागि भएको दाबी गरे ।

विहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक रहेको उनको भनाइ छ ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पुँजीवादीका एउटा पात्रको भएको टिप्पणी गरे । भट्टराईले एमालेभित्र माधवकुमार नेपालहरुले गरेको विद्रोहले देशलाई नयाँ समाजवादको मोडलेतिर लैजान सकिने धारणा राखे ।

बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफहरुले पनि त्यसो गर्न नहुने उनको भनाइ छ । कार्यक्रममा बामदेव क्षेत्रीद्वारा लिखित कृषि र समाजवाद पुस्तकको बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV