३ भाद्र २०७८, बिहीबार

बर्दिया । काेराेना संक्रमणकाे समयमा गुलरिया नगरपालिकाले सञ्चालन गरेकाे अक्सिजनसहितकाे आईसाेलेसनमा बसेर काेराेना संक्रमितकाे उपचारमा संलग्न रहेकाे भन्दै पतञ्जलि याेग समिति बर्दियाले १० जना स्वास्थ्यकर्मीलाई सम्मानित गरेकाे छ ।

गुलरिया नगरपालिकामा आयाेजना गरिएकाे उक्त सम्मान कार्यक्रममा १० जना स्वास्थ्यकर्मीलाई पतञ्जलि याेग समितिले सम्मान गरेकाे हाे । आईसाेलेसनमा बसेर संक्रमितलाइ उपचार गर्ने स्वास्थ्यकर्मीलाई १० थान रेनशाेट उपहार दिएर सम्मान गरियकाे पतञ्जलि याेग समिति बर्दियाका प्रमुख हरिराम चाैधरिले बताउनु भयाे ।

पतञ्जलि याेग समिति बर्दियाले स्वास्थ्यकर्मिकाे हाैसला बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकाे गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे । कार्यक्रममा नगरपालिकाका स्वास्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेकाे समेत उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV