३ भाद्र २०७८, बिहीबार

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले) मा विद्रोह गरी नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिनुभएकाे छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिनुभएकाे हाे । उहाँले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताउनुभएकाे छ ।

नेता भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ-‘ढिलै भए पनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ’ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना, पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न । अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’

प्रतिक्रिया दिनुहोस्

LIVE TV