३ भाद्र २०७८, बिहीबार

काठमाडौं । राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेनद्र शेरचनको निधन भएको छ । उहाँको कोरोना संक्रमणबाट बुधबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो ।

पब्लिकेशनको संस्थापक अध्यक्षसमेत रहनुभएका शेरचन मिडिया सञ्चालकक संस्था मिडिया अलाइन्सको उपाध्यक्ष पनि हुनुहुन्थ्यो । नेपाली संचार क्षेत्रमा उहाँको ठूलो योगदान अतुलनीय मानिदै आएको छ ।

शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटी अध्यक्षमा रहेर पनि काम गर्नु भएको थियो । त्यस्तैगरी उहाँ हाल विज्ञापन बोर्डका सदस्यसमेत रहनु भएको थियो भने बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्षका पनि हुनुहुन्थ्यो । त्यति मात्रै नभइ उहाँ संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिने पारिवारीक श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV