३ भाद्र २०७८, बिहीबार

काठमाडौं । आज (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।

अन्तर्क्रियाको प्रमुख वक्ताको रुपमा प्रचण्ड हुनुहुन्छ भने विशेष वक्ताको रुपमा नेपाल र भट्टराई रहनुभएको छ । उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV