२ भाद्र २०७८, बुधबार

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज साँझ बसेको विशेष बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु-व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहेका सात सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने यातायाततर्फको भाडा समायोजन गर्ने र भाडामा सवारी साधनले अनियमित तरिकाले असुली गरेको गुनासो आएको हुँदा उनीहरुलाई अनुगमन गरी तत्काल कारबाहीका लागि मन्त्रालयका सचिवलाई निर्देशन दिइएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले उल्लेख गरे ।

उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने क्रममा श्रमको ज्याला, मोटरको पार्टपुर्जाको विषयमा मूल्य निर्धारण गर्ने र मजदूरलाई उचित दुर्घटना बीमा र क्षतिपूर्ति भराउनेतर्फ पनि प्रदेश यातायात निर्देशनालयलाई निर्देश गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV