२ भाद्र २०७८, बुधबार

काठमाडौं । दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले बुधबार विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताले अध्यादेश ल्याएको भन्दै -याली निकालेको हो ।

प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए । युवा संघले अध्यादेशले देश अस्थिरता तर्फ धकेलिएको भन्दै देशभर प्रदर्शन गरेका जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV