२ भाद्र २०७८, बुधबार

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीलाई तत्काल रिहाइ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गर्दै मोर्चाले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर संविधान निर्माण गरेको भए पनि टीकापुर घटनाको आडमा थारु जनविद्रोहलाई मात्र त्यसबाट अलग राख्न र आपराधिक करार गर्न नमिल्ने मोर्चाले जनाएको छ ।

मोर्चाले टीकापुर विद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट नभई राजनीतिक प्रक्रिया र सहमतिबाट निरुपण गरिनुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।

त्यस्तै उनीहरुले टीकापुर घटनालाई कुनै दोहोरो मापदण्ड नअपनाई राजनीतिक तवरबाट टुंग्याउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV