२ भाद्र २०७८, बुधबार
  • राम गोपाल तमखु,

भक्तपुर । करिब तीन वर्ष अघिदेखि मध्यपुर थिमी नगरपालिकाको कार्यालय जाने मुल बाटो सुधार हुन नसक्दा नगरपालिकाको सेवाग्राही र स्थानीयले सास्ती ब्यहोर्नु परेको छ ।

सम्पदा संरक्षण र पुणर्निर्माणमा उल्लेख्य काम गरेर चर्चामा आएको भएतापनि आफ्नै कार्यालय अगाडिको बाटोले भने यतिबेला नगरपालिकालाई गिज्याइरहेको छ । यहाँका सेवाग्राही र स्थानीयहरुले पानीको परेको बेला हिलो र घाम लागेको बेला धुलो सहनुपर्ने बाध्यता रहेको छ ।

स्थानीयले पटक–पटक नगरपालिकामा ताला बन्दी गर्दा समेत बाटो सुधार गर्न जनप्रतिनिधिहरुले ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । नगर प्रमुख श्रेष्ठले नगरपालिका अगाडिको सडकका लागि १ कारोड २५ लाख बजेट विनियोजन गरि टेन्डर भइसकेर काम पनि अगाडि बढिसकेको बताए ।

तर, विद्युतको हाइटेन्सन लाइन अन्डरग्राउण्ड गर्ने विषयमा स्थानीयहरुको आपसी विवादका कारण सडक सुधार हुन नसकेको नगर प्रमुख श्रेष्ठ बताउछन् । सहमतिको लागि दुई पक्षसँगै कुरा भइरहेको बताउँदै भदौको पहिलो हप्तामा सहमति भए दशैंंसम्ममा पिच भइसक्ने उनको भनाइ छ ।

उक्त क्षेत्रमा विद्युतको हाइटेन्सन लाइनलाई अण्डरग्राउण्ड गर्नका लागि नगरपालिकाले अनुमति दिएपछि स्थानीयहरुले असुरक्षा हुने भन्दै त्यसको विकल्प खोज्न आग्रह गर्दै आएका छन् । त्यस्तै मध्यपुर नगरपालिकामा नै पर्ने पुरानो बाटो निकोसेरामा पनि त्यही हालत छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV