२ भाद्र २०७८, बुधबार

काठमाडौं । अभिनेता, निर्देशक तथा लेखक खगेन्द्र लामिछाने दम्पतीलाई पुत्रीलाभ भएको छ । बुधबार (आज) विहान काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा खगेन्द्र पत्नी रोजिना सिटौलाले छोरीलिाई जन्म दिएकी हुन् ।

अभिनेता लामिछानेले शिशुको अवस्था स्वस्थ रहेको र उनको तौल २.९ किलो रहेको जानकारी दिएका छन् । साथै, अभिनेता लामछानेले पहिलो सन्तान प्राप्तीपछि जिम्मेवारी महसुस भएको बताएका छन् ।

त्यस्तै, अभिनेता लामिछानेले निर्माण गरेका ‘पानीफोटो’को पोस्ट–प्रोडक्सनको काम पनि सकिएको छ । कोरोना महामारीको परिस्थिति सहज भएपछि दर्शकमाझ रिलिज गरिने जानकारी गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV