२ भाद्र २०७८, बुधबार

एजेन्स । सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

बायर्न म्युनिखलाई उपाधि दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने थोमस मुलरले एक थपे । घरेलु टोलीका लागि मार्को रिउसले एक गोल फर्काए ।

खेलको ४१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनल सर्ज गिनाब्रीको पासमा गोल गरेका थिए ।

४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा कप्तान मार्को रिउसले गोल गर्दै २–१ को अवस्थामा ल्याए । उनले जुडे बेलिङमको पासमा गोल गरेका थिए ।

७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई सहज जित दिलाए । बायर्नको यो सिजनको पहिलो उपाधि हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV