१ भाद्र २०७८, मंगलवार

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले पनि सरकारले अफगानिस्तानबाट छिटोभन्दा छिटो नेपालीहरुलाई उद्धार गर्नुपर्नेमा जोड दिएका छन् । यसको लागि सरकारले आवश्यक कुटनीतिक कदम चाल्नुपर्ने उनको भनाइछ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘अफगानिस्तानमा अहिले कति नेपाली छन्, तथ्यांक स्पष्ट छ । नेपाल सरकार अग्रसर हुन सकेको छ जस्तो मलाई लागेको छैन् । उद्धारको लागि काम गर्न आवश्यक छ ।’

अफगानिस्तानको विकसित घट्नाबाट पनि नेपालले सिक्नुपर्ने भन्दै स्थिरताका लागि पार्टी बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अफगानिस्तानमा ठूलो डर के छ भने रुढीवादी परम्परा छ, यसअघि पनि तालिवान सत्तामा आउँदा महिलाहरुलाई शिक्षाबाट बञ्चित गरिएको थियो । यो प्रणाली आउला कि भन्ने डर छ । आतंकवादको तनाव जन्माउला कि भन्ने डर छ । हामी सतर्कताका साथ अघि बढ्नुपर्छ । भारतले आफ्नो नीति कस्तो अवलम्ब गर्छ ? त्यो हेर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV