१ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका थिए ।

पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वडा नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तीय पहुँच पु-याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु-याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त विस्तारित सेवा केन्द्र पोखरा विश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्र्थी तथा शिक्षक वर्ग पनि लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

यस बिस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बंंैकिङ्ग प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

“सबैका लागि बैंक” भन्ने मूल उद्देश्यसहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV