१ भाद्र २०७८, मंगलवार

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै एमाले निकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

मंगलबार साँझ युवा संघले नयाँ बानेश्वरमा एमाले फुटाउनकै लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेका क्रममा झडप हुदा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV