१ भाद्र २०७८, मंगलवार

काठमाडौं । अनलाइन बजार दराजले यही भदौ २ (१८ अगष्ट)देखि दराजमल फेस्टिभल सुरु हुने घोषणा गरेको छ । यस फेस्टिभलमार्फत् एड टु कार्ड, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्डमार्फत् अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत (रु ५०० सम्म) छुट, इमेज रिभ्यू एण्ड विन, फलो एण्ड विन, बम्पर उपहारमा साओमी एमआई ११ एक्स प्रो फाइभ जी, निशुल्क डेलिभरीलगायतका पुरस्कारहरु जित्ने मौका पाइनेछ ।

दराजद्वारा सुरु गरिएको दराजमल एक अनलाइन शपिङ मल हो, जसमा सोनी, सामसुङ,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन् । १०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नका लागि प्रदान गर्ने जनाइएको छ ।

विगतमा जस्तै, ग्राहकहरुले बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि पेमेन्ट गर्दा थप १५ प्रतिसत (रु ५०० सम्म) छुट पाउन सक्ने जानकारी गराइएको छ ।

बैंक डेज अफर अनुसार सोमबार सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत (रु ५००) सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० (रु ५००) सम्मको छुट पाइनेछ । त्यस्तै, बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत (रु ५००) सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशत (रु ५००) सम्मको छुट पाइनेछ ।

विहीबार माछापुच्छ्रे बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत (रु ५००) सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशत (रु ५००) सम्मको छुट, विहीबार मेगा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत (रु ५००) सम्मको छुट र डेबिट कार्ड भुक्तानमा १० प्रतिशत (रु ५००) सम्मको छुट, विहीबार हिमालयन बैंकको कार्ड भुक्तानमा १५ प्रतिशत (रु ५००) सम्मको छुट पाइनेछ ।

त्यस्तै, शुक्रवार नबिल बैंकमार्फत १० प्रतिशत छुट (अधिकतम रु ५००) र शनिबार स्टाण्डर्ड चार्टर्ड बैंकमार्फत १० प्रतिशत छुट (अधिकतम रु ५००) पाइनेछ । यसबाहेक, पहिलो पटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

भिसा डेबिट कार्ड मार्फत प्रि–पेमेन्ट गरेमा १५ प्रतिशत (रु ५००) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत प्रि–पेमेन्टमा २० प्रतिशत (रु ५००) छुट पाउन सक्नेछन ।

त्यसै गरि, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरुले सजिलो मासिक किस्ता सेवा मार्फत शपिंग गर्न पाउने छन् । उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डको साथ आफूलाई मन परेको उत्पादनहरु सुन्य ब्याज र सुन्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV