१ भाद्र २०७८, मंगलवार
  • विनय तिम्सीना,

इलाम । इलाममा कोरोना संक्रमितको ग्राफ नघटेपछि जारी निषेधाज्ञालाई भदौ१० गतेसम्म लम्ब्याइएको छ । दैनिक कोरोना संक्रमण दर र मृत्युदर बढिरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खडकाले विज्ञप्ती जारी गर्दै भदौ १० सम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी गराएका हुन् ।

अत्यावश्यक सेवा बाहेक इलाममा सम्पूर्ण सेवा बन्द हुनेछन् । तरकारी, फलफूलका पसल, दुग्ध वितरणका पसल, खाद्यान्नका पसल र मासु पसलहरु भने विहान ९ बजेसम्म पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न पाइने छ ।

बैंकहरु भने समय तालिका अनुसार सञ्चालनमा आउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV