१ भाद्र २०७८, मंगलवार
  • ज्योति कुमार पन्थी,

बर्दिया । बर्दियाको बढैयाताल गाउपालिपालिमा अनौपचारिक न्यायकर्ताको क्षमता किकास तालिम सम्पन्न भएको छ । दलित महिला संघ बर्दियाले बर्दिया जिल्लाको बढैयाताल गाउपालिकामा अनौपचारिक न्यायकर्ताको क्षमता बिकास तालिम सम्पन्न गरेको हो ।

आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन गरिएको तालिममा बढैयाताल गाउपालिका अन्तर्गत समूहका अध्यक्ष, कार्यगत समूहका प्रतिनिधि, दलित महिला अगुवा अभियन्ताहरुको सहभागिता रहेको थियो ।

तालिम पश्चात आफूहरूको अनौपचारिक न्यायकर्ताको क्षमता बृद्वि भएको तालिममा सहभागीहरूले बताएका छन् । तालिम पश्चात क्षमतामा बृद्वि हुने अपेक्षासहित दुईदिने तालिम सञ्चालन गरिएको दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले बताइन् ।

तालिममा अधिवक्ता राजकुमार थारूले नेपाल सरकारको नया कानून, संविधानमा दलित र महिलाहरूको अधिकारलगायतका विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV