१ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्नका लागि निर्वाचन आयोग पठाएको छ । मंगलबार एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोलीले आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस हो ।

यस अगाडि वि.सं. २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो, भने अहिदे २६० रहने गरी पार्टीको निर्णय पठाइएको बताइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पठाइएको हो ।

एमालेले नेकपाको एकतासँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । सर्वोच्च अदालतले पनि उक्त कमिटीलाई मान्यता दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV