१ भाद्र २०७८, मंगलवार

एजेन्सी । बलिउडका ३ सुपरस्टार नायिकाहरु एकसाथ पर्दामा देखिने भएका छन् ।

बलिउडका ३ सफल नायिकाहरु प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट चलचित्र ‘जी ले जरा’मा एकसाथ पर्दामा देखिने जनाइएको छ ।

फरहान अख्तर र रितेश सिधवानले मिलेर बनाउन लागेको यो चलचित्रमा पहिलो पटक प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्टलेएकसाथ काम गर्न लागेका हुन् ।

बलिउडका तिन सफल र उच्च फ्यान कमाएका नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकलाई फरक अनुभुती हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV