१ भाद्र २०७८, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको उनले बताए । एकदर्जन भन्दा बढी अध्यादेशमाथि छलफल गर्नुपर्नेमा एक महिनाभन्दा बढी संसदलाई विजनेशविहीन बनाएर बैठक अन्त्य गर्नुले सरकारले आफू र गठबन्धन आवद्ध दलहरुबाट संसदबाट बारेमा संसदका बारेमा यसअघि भनिएका बिषय आडम्बरमात्र भएको उनले बताए ।

गठबन्धनले बिगतमा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र सार्वजनिक न्युनतम कार्यक्रममा गरिएका प्रतिवद्धतालाई पनि धज्जी उडाएको उनको भनाइ छ । बैठकले अफगानस्थानबाट नेपालीहरुको स्वदेश फिर्ताका लागि सरकार उदाशीन र गैरजिम्मेवार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV