१ भाद्र २०७८, मंगलवार

एजेन्सी । फेसबुकले तालिवान समूहसंग सम्बन्धित सामग्रीमा प्रतिबन्ध लगाएको छ । तालिवान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको बताइएको  छ।

फेसबुकले तालिवानलाई आफूले आतङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको जनाएको छ। फेसबुकले तालिवानसंग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ।

तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV