३२ श्रावण २०७८, सोमबार

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलबाट उडिरहेको विमानबाट मानिस खसेको भिडियो बाहिरिएको छ ।

अमेरिकी वायु सेनाको सी–१७ए विमानबाट दुई जना मानिस खसेको भिडियोमा देखिन्छ । अफगान नागरिक रनवेमा विमानसंगै दौडिरहेको दृश्य उक्त पनि देखिन्छ।

अमेरिकाले आफ्नो नागरिक लिन गएको विमानमा आफगानिस्तानीहरु झुन्डिएको जनाइएको छ । सोमवार काबुल विमानस्थलमा भागदौडको अवस्था देखियो ।

मानिसहरू विमानमा चढ्न सिंढीमा झुन्डिएको बताइएको छ । भिडभाड बढी नै भएपछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियो ।

विमानस्थलमा गोली पनि चल्यो । गोली चल्दा ५ जनासम्मको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV