३२ श्रावण २०७८, सोमबार

काठमाडौं । युवा हाम्रो समाजको आधारस्तम्भ हुन् । युवा पुस्ताले समाजलाई परिवर्तन र उज्यालो तर्फ लैजान सहयोग गर्छन् । आशा र साहसको साथ समाजलाई परिवर्तन गर्न युवाले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

नेपाली युवाहरु जस्तो सुकै परिस्थितिमा पनि ठूलो उपलब्धी हासिल गरेर समाजको मात्र नभइ देशकै नाम राख्न पछाडि हटेका छैनन् । उनीहरुले समाज, देशमा मात्र नभइ विदेशमा समेत आफ्नो राम्रो स्थान हासिल गर्न सफल भएका छन् ।

धरै नेपाली युवामध्य १६ जना युवा जसले समाज, देश र विदेशमा पनि राम्रो छाप छोडेका छन् । ती युवाहरु गौरिका सिंह, सन्दीप लामिछाने, डीआरएस गेमिंग,आयुषी केसी,सन्तोष पाण्डे,पराक्रम एसजेबी राणा,सचिन परियार,शुभांगी राणा र जेसेलिना राणा,मुस्कान खातुन,प्रतिमा शेर्पा,अलेक्जेन्डर शाह,प्रकृति भट्टराई बस्नेत,निकिता आचार्य,सबिन कार्की,सपना रोका मगर र एलेना डन हुन् ।

समाज, देश र विदेशमा आफ्नो छाप छोडेका १६ जना युवा मध्य पनि केही युवाहरुको बारेमा यस्तो छ ।

सन्दीप लामिछाने

सन्दीप लामिछाने नेपालका युवा क्रिकेट स्टार हुन् । उनले १८ वर्षको उमेरमै विश्व ११ लगायत विश्वका चर्चित क्रिकेट लीगहरुमा खेलिसकेका छन्। उनले आईपीएल र सीपीएलसहित विभिन्न क्रिकेट लीगहरुमा धेरै अन्तर्राष्ट्रिय टिमहरुको लागि खेलेर हाम्रो देशको नाम रोशन गरिसकेका छन्।लामिछाने नेपाली जनताको बीचमा एक लोकप्रिय खेलाडी हुन् ।

सपना रोका मगर

१९ वर्षीया सपना रोका मगर सन् २०२० मा एक धेरै राम्रो काम गरेको कारण चर्चामा आइन्। उनी नेपालबाट १०० महिलाको सूचीमा परिन् । उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।त्यतिमात्र होइन उनले कोरोना महामारीमा असहाय मानिसहरुलाई खाना पनि खुवाइन्।

गौरिका सिंह

सबैभन्दा लोकप्रिय नेपाली एथलीटहरु मध्ये एक, गौरिका सिंह १३ वर्षको सानै उमेरदेखि आफ्नो देशको शिर उच्चा बनाएकी छिन् ।प्रतिभाशाली पौडी खेलाडी उनले अन्तर्राष्ट्रिय क्षेत्रहरुमा धेरै प्रशंसा जितेकी छिन् । उनी रियो ओलम्पिक–२०१६ मा सबैभन्दा कान्छी खेलाडी भएर अन्तर्राष्ट्रिय मिडियामा खुबै छाइन् ।

१३ वर्षकै उमेरमा पौडीबाट ओलम्पिकमा सहभागी उनी ११ हजार बढी प्रतिस्पर्धीमाझ आकर्षणको केन्द्र बनेकी थिइन् । उनी ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष २ सय ५५ दिनकी थिइन् ।

डीआरएस गेमिंग
सन् २०२० मै पब्जी मोबाइल ग्लोबल च्याम्पियन्समा सहभागी भइसकेको डीआरएस नेपालकै मुख्य पब्जी टिम हो ।

प्रतिभाशाली युवा गेमरहरुको समूहले नेपाललाई ग्लोबल ई स्पोर्ट्स नक्शामा राखे। यसले पब्जी मोबाइल विश्व आमन्त्रण जुलाईमा जित्यो, र दान गर्नको लागि एक ठूलो ६५ लाखको आफ्नो नगद पुरस्कार दिए।

आयुसी केसी

सामाजिक अभियन्ता, महिला उद्यमी काठमाडौं विशालनगरकी आयुसी केसी मास्टरमाइन्ड युवा उद्यमी हुन्।

उनको प्रयासहरुलाई अन्तर्राष्ट्रिय फोरममा मान्यता दिइएको छ । उनी सन् २०१८ मा फोर्ब्स ३० अन्डर ३० एशियाको सूचीमा सूचीबद्ध थिइन्।

सचिन परियार

सचिन परियारलाई पनि यो सूचीमा राख्न सकिन्छ । उनी सानै अर्थात बच्चा उमेरमा आफूलाई समाजमा राम्रोसंग चिनाएका छन् । उनले के छ हजूर संग चारैतिर मुस्कान फैलाएका छन्। उनले गीत गाएर सबैलाई खुसी दिएका छन् ।

मुस्कान खातुन

मुस्कान खातुनले नेपाली युवाहरुको लागि शक्ति र साहस दिएकी छन् । उनी १५ वर्षको उमेरमा एसिड आक्रमणबाट बचेकी थिइन्, तर भयानक त्रासदीले परिभाषित गर्न अस्वीकार गरिन्।मुस्कान एसिड आक्रमण पीडितहरुको लागि अग्रणी कार्यकर्ता हुन् । उनले साहसको अन्तर्राष्ट्रिय महिला पुरस्कार प्राप्त गरिन्।

प्रतिमा शेर्पा
प्रतिमा शेर्पा नेपालकी पहिलो महिला गल्फ खेलाडी हुन्। उनी रोयल नेपाल गल्फ क्लबको गल्फकोर्स नजिकै सुरक्षा पोस्टमा हुर्किइन्।नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा विश्व चर्चित म्यागजिन फोर्ब्स को प्रभावशाली महिलाको सूचीमा परिन्। फोर्ब्सले सार्वजनिक गरेको एसिया क्षेत्रका यू– ३० प्रभावशाली ३० महिलाको सूचीमा प्रतिमालाई समावेश गरे।

प्रतिमालाई फोब्सले सन् २०२० को प्रभावशाली युवाअन्तर्गत खेलकुद र मनोरञ्जन विधामा समावेश गरेको हो।

प्रकृति भट्टराई बस्नेत

प्रकृति भट्टराई बस्नेत एकयुवा नेता हुन् । उनले धेरै युवाहरुलाई सामाजिक हिंसामा परेका व्यक्तिहरुको लागि आवाज उठाउन साहास दिएकी छिन् ।

उनी महिलाहरुको लागि राजनीतिक साक्षरता संगठनको संस्थापक मध्ये एक हुन्, । उनी सामाजिक र राजनैतिक जागरूकता कार्यक्रम संचालन गर्छिन् । सामाजिक मुद्दाहरुको बिरुद्ध आवाज उठाउछिन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV