३२ श्रावण २०७८, सोमबार

झापा । झापामा जारी निषेधाज्ञा खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को आज बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले बताउनुभयो ।

झापामा भदौ १ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म लागू हुनेगरी जारी निषेधाज्ञा खुकुलो बनाइएको उहाँले बताउनुभयो ।

बैठकले विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खाद्यान्न बाहेकका अन्य व्यवसाय र यातायात खुल्ला गर्ने निर्णय गरेको छ। त्यस्तै धेरै भीडभाड हुने खाद्यान्न लगायत पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने निर्णय गरेको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे तथा बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने जिल्ला प्रशासन कार्यालय झापाले चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV