३२ श्रावण २०७८, सोमबार

भक्तपुर । मध्यपुर थिमिको निगु पूखुबाट आज नेपाल मास्क कार्यक्रम सुरु गरेको छ ।

मास्क लगाऔं, एक अर्कालाई बाचाऔं भन्ने नाराका साथ आज आइतवार मध्यपुर थिमिको निगु पुखुमा नेपाल मास्क कार्यक्रम सुरु गरेको हो ।

ललितपुर नगरपालिकाका प्रमुख चिरबाबु मर्हजन, मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठलगायतका सहभागीहरुले मास्क लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् ।कार्यक्रममा बोल्दै चिरबाबु महर्जनले कोरोना महामारीको समयमा स्थानीय सरकारले धेरै सहयोग गरेको बताए । कोभिडको समयमा स्थानीय सरकारले नगरेको काम केही पनि नभएको उनले बताए । उनले कोभिडबाट बच्न भ्याक्सि लगाउनु नै उत्तम उपाए हो भन्दै यो भन्दा पहिलो मास्कको प्रयोग गर्नु पर्ने बताए । त्यस्तै मध्यपुर नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुर नगरपालिकाको जोखिमपुर्ण र बढी संक्रमित भएको वडालाई प्राथमिकतामा राखेर आज ४ नं. वडाबाट माक्स कार्यक्रम सुरु गरेको बताए । उनले यो वडाको प्रत्येक घरघरमा गएर मास्क लगाउने तरिका सिकाउँदै मास्कहरु वितरण गरिने पनि बताए ।

कोभिड १९को संक्रमितहरुको उपचारको लागि नगरपालिकाले सञ्चालन गर्दै आएको नेपाल कोरिया मैत्री अस्पताल नमुनाको रुपमा काम गरिरहेको पनि जानकारी दिनु दिए । तेस्रो लहरको लागि अस्पतालमा आवश्यक पूर्वाधारहरुको तीब्ररुपमा काम भैरहेको र कोरोनाको लागि देश कै नमुना अस्पतालको रुपमा प्रस्तुत हुने बताए । यसका लागि बिभिन्न संघसंस्थाहरुबाट पनि आवश्य सहयोग आईरहेको पनि जानकारी दिए ।

आजबाट सुरु भएको कार्यक्रममा प्रत्येक घरमा मास्क बितरण गर्न १५ जना स्वयम सेवक परिचालन गरेको छ । एउता घरमा ३ जना सम्मको लाई २५ वटा र ३ जना भन्दा बढी सदस्य भएको घरलाई १ पाकेट (५०वटा) मास्क निशुल्क वितरण गरिने छ ।

यो अभियान कोभिड १९ र्यापिङ एक्सन टाक्स फोर्स र नगरपालिकाको समन्वयमा सुरु भएका हो । यस पछि मेलम्ची र सुनसरीमा सुरु हुने र धेरै संक्रमण भएको ठाउँहरुलाई लक्षित गरेर देशभरि नै संचालन गर्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV